
काठमाण्डौ- महानायक राजेश हमालमाथि आइतबार नवलपरासीकी ३५ वर्षीया महिला प्रहरी हबल्दार बालकुमारी अधिकारीले आफू महानायकको श्रीमती र तीन सन्तानको आमा भएको भन्दै महानगरीय प्रहरी परिसर हनुमान ढोकामा उजुरी दिएकी छिन् ।
२०५२ साल बैशाख दुई गते राजेश हमालले आफूसंग प्रेम विवाह गरेको भन्दै ती महिलाले अंश सहित श्रीमान पाउँ भन्दै हनुमान ढोकामा उजुरी दिने प्रयास गरिन् जुन असफल भयो । अंश मुद्धा सहित उजुरी दिन एक्लै काठमाण्डू आएकी बालकुमारीलाई हनुमान ढोकामा अंश सहितको उजुरी दर्ता नहुने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डौ रिफर गरिएको छ ।
हमालले भने- बालकुमारीलाई म चिन्दिन र आफ्नो विहे भएको र बच्चा बच्चि समेत भएको कुरा वाहियात भएको बताउँदै भने, ‘म आफ्नै बारेमा आफैलाई थाहा छैन । ‘
उनले १०, ७ र ५ वर्षका आफ्ना तीन छोरीहरुलाई बाबुको अधिकार समेत दिलाई छाड्ने अठोट ब्यक्त गरेकी छिन् ।
बालकुमारी हाल जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत छिन् ।
हनुमान ढोकाका प्रहरी नायव उपरिक्षक अरुण कुमार बि सीले भने ती महिलाको मानसिक सन्तुलन ठीक नभएको भन्दै यस्ता उजुरीलाई ठूलो रुपले हेर्न नहुने बताए । ती महिला हेर्दा साधारण परिवारको जस्तो देखिन्थीन् ।
बालकुमारीले राजेश हमालसंग विगत १८ बर्षदेखि चिनजान रहेको दावी गरेकी छिन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतवार कार्तिक २०, २०६८
प्रकाशित समय: १६:३९:०१