Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख १३, २०८२
Saturday, April 26, 2025

सागा – एन.आर.एन. सागा समिति, जापानले आयोजना गरेको दशैं शुभकामना आदान प्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । सन् १९८० को मे महिनामा सगरमाथा आरोहण समेत गर्नुभएका र नेपाल, नेपालीलाई माया गर्ने जापानी नागरिक माचुसी यामाशिताले प्रमुख आतिथ्यता ग्रहण गर्नुभएको कार्यक्रम एन.आर.एन. सागा समितिका अध्यक्ष कृष्ण खरेल तथा उपाध्यक्ष बिज्ञान शर्माले सामुहिक रुपमा सबैलाई टिका एबम् जमरा लगाई दिएर सुरुवात भएको थियो ।

कार्यक्रममा यमाशिताका साथै जापानी भाषाका गुरुआमाहरु, ब्यवसायीहरु र नेपाललाई अत्यन्तै माया गर्नुहुने पहुनाहरुको उपस्थिति रहेको थियो । जापानी पाहुनाहरु समेतको सहभागिताले कार्यक्रम अझ रोमाञ्चकारी भएको थियो । इच्छुक पाहुनाहरुलाई पनि टिका एबम् जमरा लगाइ दिएर जापानी भाषामै आशिर्बाद दिइएको थियो ।

नेपालीहरुले आफ्नो सांस्कृतिक परम्परा अनुसार गरेको दशैं कार्यक्रममा उपस्थित भएर नेपाली कला संस्कृति बुझ्न पाएको र आफुले सांस्कृतिक आदान प्रदान कार्यक्रमको रुपमा समेत लिएको कुरा पाहुनाहरुले आफ्नो मन्तब्यमा ब्यक्त गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी यमशिताले नेपाली खानाका परिकारहरु अत्यन्तै मिठो भएको र आफु हिमाली देश नेपालको सुन्दरताको सदैब प्रशंसक रहेकोले यस कार्यक्रममा सहभागी हुन पाउँदा गर्बको महसुस गरेको बताउँदै नेपालीहरुले जापानमा गरिरहेको मेहनत प्रसंसनीय रहेको र अझै पनि “गाम्बबात्ते कुदसाइ” भन्दै आफ्नो भनाई राख्नु भएको थियो ।

अन्य उपस्थित पाहुनाहरुले पनि नेपाल, नेपाली र जापानसँगको सम्बन्धको बारेमा मन्तब्य दिनु भएको थियो । टिकाटालो पछि खानपिन र नाचगान गरी अत्यन्तै रमाइलोसँग परिवारिक वाताबरणमा दशैं कार्यक्रम सम्पन्न भएको थियो ।

सागा

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया