Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख १३, २०८२
Saturday, April 26, 2025

तोकाइ – जनसम्पर्क समिति जापान तोकाइ होकुरिकुको आयोजनामा गत म‌‌गलबार बिजयादशमी २०६८ को उपलक्ष्यमा जलपान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम आइची प्रिफेक्चरको नान मास्टर भोजनालयमा सम्पन्न भएको हो ।

जनसम्पर्क समिती जापानका उपाध्यक्ष शेरबहादुर केसीको प्रमुख आतिथ्य र नेपाली जनसम्पर्क समिति तोकाइ होकुरिकु जापानका क्षेत्रीय संयोजक चोलेन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन पारसमणि पोखरेलले गर्नुभएको थियो ।

जनसम्पर्क समिति जापानका केन्द्रीय सदस्य ऋदिन्द्र गिरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा एनआरएन जापानका केन्द्रीय सदस्य चिरन्जिबी सिग्देल लगाएतका बक्ताहरुले बडादशै २०६८ को शुभकामना ब्यक्त गर्नुभएको थियो । प्रमुख अतिथि तथा जनसम्पर्क समिति जापानका उपाध्यक्ष शेरबहादुर केसीले शान्ति र संबिधान नै हाम्रो प्रमुख लक्ष्य भएकोले यसमा सबै राजनीतिक पार्टीले एक आपसको कलह त्यागेर प्रमुख लक्ष्यतिर ध्यान दिनुपर्ने भन्दै दशैको शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा कुबेर घिमिरेको सांगीतिक प्रस्तुतिले माहोललाई मनोरन्जनात्मक बनाएको थियो ।

रात्रीभोजका साथै अन्त्यमा सामुहिक नृत्यले सबैलाई एक आपसमा खुसी तथा शुभकामना साट्न अझ सहज भएको कुरा नागोयाबाट पारसमणि पोखरेलले जानकारी दिनुभएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया