Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

पेरिस – विजया दशमीको पावन अवसरमा नेपाली राजदूतावास पेरिसले शनिवार ८ अक्टोवर २०११ मा मेजो अल्फोर्टमा एक कार्यक्रमको आयोजना गर्यो । सो अवसरमा पेरिस तथा नजदिकका क्षेत्रहरुमा बसोबास गरी बस्नु भएका करिव १५० जना जति नेपाली नागरिकहरु तथा केहि फ्रेन्च नागरिकहरुको उपस्थिति थियो ।

एभरेष्ट नेपाल एसोशियसनका अध्यक्ष, नेपाल सांस्कृतिक गृहका अध्यक्ष, एनआरएनका नवनियुक्त अध्यक्ष, नेपाली एकता समाजका प्रतिनिधि, तमु समाजका प्रतिनिधि लगायत युनेस्कोमा कार्यरत नेपाली प्राफेशनलदेखि लिएर, कलाकार, समाजसेवी, व्यापारी, विद्यार्थिहरु, विभिन्न पेशाहरुमा संलग्न अन्य नेपाली नागरिकहरुको अलावा फ्रेन्च नागरिकहरुसँग विवाह गरी बस्नु भएका उल्लेख्य रुपमा नेपाली नागरिकहरु लगायत राजदूतावास परिवारको पनि उपस्थिति थियो ।

सो कार्यक्रममा काठमाडौस्थित एलां फ्रान्सेका नवनियुतक्त निर्देशक सश्री आन लिजा हेनेन तथा दशकौँदेखि नेपालको विभिन्न विषयहरुमा अन्वेषण गर्दै आएका श्रीकर्नेलियस जेष्टको पनि उपस्थिति थियो ।

कार्यक्रमको शुरुमा फ्रान्सका लागि नेपाली राजदूत श्रीमोहन कृष्ण श्रेष्ठले उपस्थित पाहुनाहरुलाई टिका तथा जमरा दिएर स्वागत गर्नु भएको थियो । त्यसपछि छोटो मन्तव्य दिनु हुँदै राजदूत श्रेष्ठले उपस्थित पाहुनाहरुलाई सुख, सुस्वास्थ तथा उत्तरोत्तर प्रगतिको लागि शुभेच्छा प्रकट गर्नुभयो । राजदूत श्रेष्ठले नेपाल एक बहुजातीय, बहुभाषीय तथा बहुसांस्कृतिक सम्पदाले युक्त प्राकृतिक रुपमा अति सुन्दर मुलुक भएको तथा अब बन्ने समावेशी संविधानमा सबै नेपालीहरुको हकहित सुरक्षित हुने आशा पनि प्रकट गर्नुभएको थियो । अबको हाम्रो आवश्यकता भनेको आर्थिक विकासमा क्रान्ति ल्याउनु हो भन्नु हुँदै वहाँले आर्थिक रुपमा सवल भएपछि नेपाल एक समुन्नत राष्ट्र हुने हुँदा सबै मिलेर देश विकासको कामका कम्मर कसेर लाग्नु पर्दछ भनि आफ्नो भावना पोख्नु भएको थियो । नेपाल तथा फ्रान्सबीचको सम्बन्धमा अब गतिशिलता आउन थालेको कुरा उल्लेख गर्नु हुँदै वहाँले दुई देशबीचको सम्बन्ध झन् मजबुत पार्न आफु सदा प्रयत्नशील रहने भनि वाचा गर्नुभएको थियो ।

कार्यक्रममा नवोदिन गायक भुवन के.सीले केही नेपाली गीतहरु प्रस्तुत गर्नुभएको थियो । दशैँ मनाउन पाउँदा पाहुनाहरु खुशी भै राजदूतावासलाई धन्यवाद ज्ञापन गरेका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया