Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख २५, २०८२
Thursday, May 8, 2025

काठमाडौ – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मुलुकमा दिगो शान्ति आउँछ भने कांग्रेस माओवादी नेतृत्वको सरकारमा सामेल हुनुपर्ने बताएकी छिन् ।

रिपोर्टर्स क्लवद्वारा आयोजित साक्षत्कारमा बोल्दै कोइरालाले शान्तिप्रक्रियाका बाधकलाई पाठ सिकाउन पनि कांग्रेस बिनासर्त वर्तमान सरकारमा सहभागी हुनुपर्ने बताउँदै भनिन्, ‘माओवादीभित्रको शान्ति बिरोधी बैद्य समूहलाई ठेगान लगाउन पनि कांग्रेस सरकारमा सहभागी हुनपर्छ, माओवादी, कांग्रेस र एमालेमा शान्ति बिरोधी तत्व छन्, उनीहरुलाई तह लगाउन पनि बाबुराम भट्टराई सरकारको स्थायित्व आवश्यक छ । कांग्रेस यही बेला सरकारमा सहभागी भयो भने मुलुकमा स्थायी शान्ति आउँछ, दलिय र व्यक्तिगत स्वार्थ त्यागेर बाबुराम नेतृत्वको सरकारमा जानुपर्छ, एमालेपनि आउनुपर्छ ।’

कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले शान्तिका लागि वार्ता गर्न नर्कमा पनि जान तयार छु भन्ने गरेको स्मरण गराउँदै उनले शान्तिका लागि भएपनि कांग्रेस माओवादी नेतृत्वको सरकारमा जान डराउनु नहुने बताउनु भयो । साथै उनले कांग्रेसले अहिले नै सरकारमा सहभागीता जनाए शान्ति बिरोधीतत्व समेत सहयोग गर्न बाध्य हुने दावी गरिन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया