Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – एक वर्षअघि ठूलो प्रचारका साथ स्थापित डिसहोम प्रालिले आफ्नो ५४ प्रतिशत सेयर हङकङस्थित एक कम्पनीलाई बेचेको छ । केबुलबिना सिधै टेलिभिजन च्यानल हेर्न मिल्ने प्रविधि सञ्चालन गरिरहेको डिसहोमले १ अर्ब ५० करोड रुपैयाँमा हङकङको एक सञ्चार कम्पनीलाई सेयर बेचेको हो । डिसहोमको सेयर बेच्ने विषयमा हङकङको कम्पनीसंग समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भइसकेको छ । एमओयुपछि पहिलो चरणमा १० लाख अमेरिकी डलर डिसहोमले लिइसकेको छ । नयाँ रकम भित्रिएकाले डिसहोमले अहिले तिब्ररुपले बजार विस्तार गरिरहेको छ । दैनिक पाँचसयदेखि नौसयसम्म डिटिएच बिक्रि भइरहेको दाबी कम्पनीका अधिकारीले गरेका छन् ।

विश्वका धेरै देशमा डिटिएच प्रविधि सञ्चालन गरिरहेको हङकङको यो कम्पनीसंग एमओयु लगायत सेयर किन्ने तारतम्य डिसहोमकै सञ्चालक देवी भट्टचनले मिलाएका हुन् । कम्पनीको झन्डै तीनअर्ब रुपैयाँ सम्पत्ति मूल्याङ्कन गरेर उक्त कम्पनी बहुमत सेयर लिने निर्णयमा पुगेको हो । तीन महिनाअघिदेखि भएको वार्तामा नेपाली व्यवसायीले ५० प्रतिशतभन्दा कम सेयर दिन खोजेकाले उनीहरुले किन्न मानेका थिएनन् । कानुनी सम्झौतालगायत बाँकी विषय टुंगो लगाउन हङकङका लगानीकर्ता यसै साता नेपाल आउने भएका छन् । डिसहोम किन्ने यो कम्पनीले एसियाका हङकङ, मलेसिया, सिंगापुर, श्रीलंका, युरोपको जर्मनी लगायत धेरै देशमा डिटिएच प्रविधि सञ्चालन गरिरहेको छ । विदेशमा डिटिएचलबाटै इन्टरनेट सेवा समेत सञ्चालन भइरहेको परिप्रेक्ष्यमा यो सेवा नेपालमा पनि शुरु भयो भने देशभरि सजिलोसंग इन्टरनेट पुर्‍याउन सकिने सञ्चालकहरु बताउँछन् ।

गत वर्ष मात्र तत्कालिन होम टिभी र डिस नेपाल गाभिएका हुन् । दई डिटिएच कम्पनी मर्ज भएपछि डिसहोमको नामबाट अहिले सञ्चालन भइरहेको छ । तत्कालीन डिसका लगानीकर्ताको ३०, होम टिभी लगानीकर्ताको ३० र बाँकी ४० प्रतिशत गैरआवासीय नेपालीको लगानी छ । गत वर्ष भदौदेखि सञ्चालन भइरहेको होम टिभी र मंसिरदेखि डिस नेपालले सञ्चालन सुरु गरेका हुन् । होम टिभीमा हेम ढकाल, डिबी शेरचन, कृष्ण आचार्य र देवी भट्टचनको लगानी थियो भने डिस नेपालमा आरके मानन्धर, कैलाश सिरोहिया, जुगल भुर्तेल, रविन्द्रमान सिंह, लक्ष्मी पौडेल लगायतको सेयर छ । सञ्चार मन्त्रालयबाट डिटिएच सेवा सुरु गर्न १० वटा कम्पनीले अनुमति पाएका थिए । तर सञ्चालनमा आइसकेका दई कम्पनी नै गाभिएपछि अरु नवीकरण भएका छैनन् । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया