Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025
काठमाडौं– प्रधानमन्त्रीको चार दिने भारत भ्रमणमा भएको द्विपक्षीय लगानी प्रवर्धन एवं संरक्षण सम्झौता (बिपा)को विरोधमा पार्टीभित्र बहुमत भएपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा दिने धम्की दिएका छन् ।
सम्झौतालाई संसदबाट पारित हुन नदिने अधिकांश नेताहरुको भनाइ आएपछि उनले राजीनामा दिने धम्की दिएको एक नेताले जानकारी दिए । स्थायी कमिटीको दुई दिनको बैठकमा बिपाको विरोधमा अधिकांश नेताहरु देखिएपछि विवाद मिलाउन केन्द्रीय कमिटी बैठक बोलाइएको छ । बैठक कात्तिक १७ गते बस्नेछ ।
बिपा सम्झौतामा प्रतिपक्षी दलभन्दा आफ्नै पार्टी माओवादी उपाध्यक्ष मोहन वैद्य समूह कठोर भएको छ । सम्झौताप्रति कांग्रेस बरु निकै नरम देखिएको छ । विदेशी लगानीको विरोध गर्ने माओवादीले नै कांग्रेसको लाइनअनुसार विदेशी लगानी चाहेकोमा उ खुशी देखिएको हो । प्रधानमन्त्रीले भ्रमणका क्रममा भारत सरकारसंग गर्नुभएको बिपा सम्झौताको स्वागत गर्दै कांग्रेस महामन्त्री विमलेन्द्र निधिले भने, ‘सम्झौता नेपाली कांग्रेसको चाहाना अनुसार नै भएको हो ।’
बिपा सम्झौता बिदेशी लगानीलाई सुरक्षित तुल्याउन अन्तर्राष्ट्रिय प्रचलन अनुसार भएकोले त्यसको अनावश्यकरुपमा बिरोध भइरहेको समेत उल्लेख गरे । बिपा सम्झौता पहिलेदेखि चर्चा चल्दै आएकोले जसको सरकार भए पनि गर्नुपर्ने सम्झौता भएकोले यसको सबैले स्वागत गर्नुपर्ने धारणा नेता निधिको छ ।
कांग्रेस यति नरम हुँदा पनि वैद्य समूह भने सडकमै उत्रिएको थियो । उसले चार दिने भारत भ्रमणबाट थाकेर आएका प्रधानमन्त्री विमानस्थलबाट बाहिरिनेवित्तिकै कालोझण्डामात्र देखाएन, राजीनामासमेत माग्यो ।
विरोध किन त ? महासचिव रामबहादुर थापा ‘बादल’ भन्छन्, ‘प्रधानमन्त्रीले पार्टीको नीति र निर्णय विपरीत सो सम्झौता गरेकाले उहाँलाई अनुशासनको कारबाही हुन्छ । तत्काल सम्झौता खारेज नगरे यसले भयावह रुप लिन सक्छ ।’ थापाले प्रधानमन्त्री जानुभन्दा अघिल्लो दिन पार्टी स्थायी समितिको वैठकले तोकेरै विपा सम्झौता गर्न नहुने निर्णय गरेको जिकिर गरे ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया