
काठमाडौं– शान्ति र संविधान निर्माण प्रक्रिया अलपत्र पारेर शीर्ष नेताहरु विदेश भ्रमणमा जान लागेको भन्दै तीब्र विरोध भएपछि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवारदेखि गर्ने भनिएको कम्बोडिया भ्रमण स्थगित गर्नुभएको छ ।
शान्ति र संविधान निर्माण प्रक्रिर्यालाइ निश्कर्षमा पुर्याउनुपर्ने देशको राजनीतिक अबस्थालाइ मध्यजर गरेर भ्रमण स्थगित गरिएको प्रचण्डका सहयोगीहरुले बताएका छन् । नेपालको शान्ति प्रक्रियाबारे एसियाली राजनीतिक पार्टीको संगठन एक्यापले आयोजनामा गरेको सम्मेलनमा भागलिन प्रमुख दलका शीर्ष नेताहरु कम्बोडिया जाने तयारी गरेका थिए ।
सेना समायोजनको अनुभवबारे छलफल गर्न आयोजित कार्यक्रममा प्रमुख तीनदलका पाँच÷पाँच जना नेता सहभागी हुने कार्यक्रम थियो । कांगे्रस सभापति सुशील कोइराला पनि उक्त कार्यक्रममा सहभागी नहुने कांगे्रस स्रोतले जनाएको छ ।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान निर्माण प्रक्रियालाई अलपत्र छाडेर विदेश भ्रमणमा नजान नेताहरुलाइ आग्रह गर्दै आउनु भएको थियो । राष्ट्रपति रामबरण यादवसँगको भेटमा पनि नेम्वाङले नेताहरुको विदेश भ्रमणप्रति चिन्ता जनाउनु भएको थियो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार कार्तिक ३, २०६८
प्रकाशित समय: १८:४७:१८