नयाँदिल्ली- चार दिने भ्रमणका लागि नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराई बिहीबार अपरान्ह नयाँ दिल्ली आइपुग्नुभएको छ ।
३७ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै आएका उनलाई चिफ अफ प्रोटोकल रुचिरा खेमा भुज, भारतीय राजदूत जयन्त प्रसाद र सह सचिव अखिलेश मिश्राले इन्दिरा गान्धी अन्तर्राष्ट्रयि विमानस्थलमा स्वागत गरे ।

प्रधानमन्त्री डा भट्टराईको बिदाइका लागि विमानस्थलमा सभामुख सुवास नेम्बाङ, उपप्रधानमन्त्री एवम् गृहमन्त्री विजयकुमार गच्छदार, मन्त्रीगण, उच्चपदस्थ सरकारी अधिकृतलगायत अन्य विशिष्ट महानुभावहरुको उपस्थिति थियो ।
सो अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । भारत भ्रमणका क्रममा प्रधानमन्त्री डा भट्टराईले भारतका राष्ट्रपति प्रतिभादेवीसिंह पाटिल, प्रधानमन्त्री डा। मनमोहन सिंहलगायत भारतीय नेताहरु र उच्च पदाधिकारीहरुसँग भेट्नुहुने कार्यक्रम छ ।
प्रधानमन्त्रीको ३७ सदस्यीय भ्रमण दलमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, प्रधानमन्त्रीकी धर्मपत्नी हिसिला यमी, अर्थमन्त्री वर्षमान पुन, सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता, भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठी, आपूर्तिमन्त्री लेखराज भट्ट, स्वास्थ्यमन्त्री राजेन्द्र महतोलगायत हुनुहुन्छ ।
प्रधानमन्त्री डा भट्टराई कात्तिक ६ गते स्वदेश फर्कनुहुनेछ ।