Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025
काठमाडौं- चार दिने सदभाव भ्रमणका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराई बिहीबार भारत प्रस्थान गर्दै हुनुहुन्छ ।

उहाँ मध्यान्ह सवा १२ बजे नेपाल एयरलाइन्सको विमानबाट भारत प्रस्थान गर्नु हुने प्रधानमन्त्रीको निजी सचिबालयले जनाएको छ  । चार दिने भारत बसाइका क्रममा प्रधानमन्त्री भट्टराईले जारी शान्तिप्रक्रिया, संविधान लेखन, द्विपक्षीय सहयोगका विषयमा भारतिय पक्षसँग कुराकानी गर्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी हिसिला यमी, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाश, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, व्यवस्थापिका संसदका सदस्य तथा सरकारी उच्च्च पदस्थ अधिकारीहरु सहित ३७ सदस्यीय रहने छन । यस्तै आफ्नै आर्थिक व्ययभार व्यहोर्ने गरी केही उद्योगी व्यवसायी र पत्रकारहरु पनि भ्रमण टोलीमा रहने बताइएको छ ।
अपरान्ह नयाँदिल्ली पुग्नु हुने प्रधानमन्त्री भट्टराईले शुक्रबारबाट महत्वपूर्ण भेटवार्ता शुरु गर्नुहुने कार्यक्रम रहेको छ । उहाँले भोली नै आफ्ना भारतीय समकक्षी डा. मनमोहन सिंहसँग हैदरावाद हाउसमा भेट गर्नुहुने बताइएको छ । दुवै प्रधानमन्त्री बीचको भेटमा केही सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम समेत तय भएको छ ।
भारतले प्रदान गर्ने सहुलियत दरको ऋणसम्बन्धी सम्झौता र दोहोरो कर नलाग्ने व्यवस्थासहितको सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । शुक्रबार नै प्रधानमन्त्री भट्टराईको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमा आयोजना गर्नुहुने रात्री भोजमा पनि प्रधानमन्त्री भट्टराई सरिक हुनुहुनेछ ।
भ्रमणका क्रममा प्रधानमन्त्री भट्टराईले भारतीय राष्ट्रपति प्रतिभादेवी पाटिल, उपराष्ट्रपति हमिद अन्सारी, सत्तारुढ युनाइटेड प्रोगेसिभ एलायन्स यूपीएका अध्यक्ष सोनिया गान्धी, वित्तमन्त्री प्रणव मुखर्जी, विदेशमन्त्री एसएम कृष्णा, लोकसभामा विपक्षी दलकी नेत्री सुष्मा स्वराज र भारतीय जनता पार्टीका अध्यक्ष नितिन गुडकरीसँग पनि छुट्टा छुट्टै भेटवार्ता गर्नुहुने बताइएको छ । चारदिने भ्रमण पुरा गरी प्रधानमन्त्री आगामी आइतबार स्वदेश फर्कनु हुनेछ ।
होटल सानदार
यसैबीच प्रधानमन्त्री डा. भट्टराईको आतिथ्य नयाँ होटलमा गरिने भएको छ । प्रधानमन्त्री भट्टराई राजधानी नयाँदिल्लीको सबैभन्दा महँगो र शानदार कहलिएको होटल लीलामा बस्नेछन् ।
गत अप्रिलमा सेवा सुरु गरेको उक्त होटलमा बस्ने कार्यकारी प्रमुखहरु मध्ये सम्भवतः पहिलो नै भट्टराई हुन । भारत भ्रमणमा आउने नेपाल लगायत अन्य मुलुकका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखहरुलाइ होटल ताज, ओबरोय वा आईटीसी मौर्यमा बस्ने व्यवस्था भारत सरकारले गर्ने गर्थ्यो ।
प्रधानमन्त्री बस्ने होटलमा एक रातको २५ हजार भारतीय रुपैयाँदेखि लिएर ५ लाख ५० हजारसम्म पर्ने कोठा तथा सुइट छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया