Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025
काठमाडौं– बिहीबारदेखि भारत भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईसमक्ष सवैले आफ्ना सल्लाह र माग राखिएका छन् ।
तर संविधानसभाका दुई युवा सभासद् कांग्रेसका गगन थापा र एमालेका रविन्द्र अधिकारीको माग भने फरक छ ।  भारत भ्रमणका क्रममा भारतले उन्नत जातका गाईभैँसी नेपाल ल्याउन लगाएको प्रतिबन्ध फुकुवा गराउन दुई सभासद्ले प्रधानमन्त्री भट्टराईलाई ज्ञापनपत्र बुझाए ।
सभासद्द्वय रवीन्द्र र थापाले कृषि क्षेत्रलाई व्यावसायिक बनाउनका लागि भारतबाट उच्च नस्लका गाईभैँसी ल्याएर नेपालको आर्थिक उन्नति गर्न प्रधानमन्त्रीले भारतले लगाएको सो प्रतिबन्ध फुकुवा गराउन ध्यानाकर्षण गराएका हुन् ।
अवसरमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ज्ञापनपत्र बुझ्दै भारत भ्रमणका क्रममा आफूले गाईभैँसी नेपाल ल्याउन बन्देज लगाएको विषयमा भारतीय पक्षसँग आफूले छलफल गर्ने आश्वासन दिनुभएको सभासद् थापाले जानकारी दिए ।
ज्ञापनपत्रमा नेपालमा १४ लाख ९७ हजार ४२९ मेट्रिकटन दूध उत्पादन हुने गर्दछ । गाईको सङ्ख्या ७१ लाख ९९ हजार २६० रहेका छन् भने भैँसीको सङ्ख्या ४८ लाख ३६ हजार ९७४ रहेको छ ।
गाई र भैँसीबाट दूध उत्पादन क्रमशः चार लाख २९ हजार २२ मेट्रिकटन र १० लाख ६८ हजार ३०० सय मेट्रिकटन रहेको छ । गाईबाट २८.६६ प्रतिशत र भैँसीबाट ७१.३४ प्रतिशत योगदान रहेको छ । तर यो नेपालको मागअनुसार पर्याप्त छैन ।
काठमाडौँ उपत्यकामा मात्र दैनिक चार लाख लिटर दूधको माग छ, तर दुग्ध विकास संस्थानले बजारको मागको पूर्ति गर्नका लागि भारतको विहारबाट दैनिक ५० हजार लिटर आयात गर्ने गरेको छ ।
 नेपालमा अहिले आठदेखि १० लिटरसम्म दूध दिने जर्सी जातका वर्णशङ्कर जातका गाई मात्र रहेका छन् । सभासद् गगन थापाले तत्काल भारतबाट १० हजार उच्च नस्लका गाईभैँसी नेपालमा ल्याउन सकिए केही हदसम्म दूधको माग पूर्ति हुने र २५ हजार ग्रामीण युवाले रोजगारी पाउने बताए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया