Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – एनेकपा माओवादीले गैरआवासीय नेपाली संघ (एनआरएन) को पाँचौँ विश्व सम्मेलनबाट निर्वाचित नयाँ कार्यसमितिको सम्मानमा चियापान कार्यक्रमको आयोजना गर्‍यो ।
कार्यक्रममा पार्टी अध्यक्ष पुप्पकमल दाहालले एनआरएनका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै एकपटकको नेपाली सधैँको नेपाली भएकाले नागरिकताको सवालमा बढी चर्चा गर्नुभन्दा पनि पहिले पाएको नागरिकतालाई निरन्तरता दिन पहल गर्नुपर्ने बताउनुभयो ।

शान्ति र संविधान चाँडै निष्कर्षमा पुग्ने र त्यसपछि देशले आर्थिक समृद्धिको बाटो समात्ने भएकाले लगानी गर्नका लागि कुनै आशंका नगर्न गैरआवासीय नेपालीलाई अध्यक्ष दाहालले अनुरोध गर्नुभयो । उहाँले आर्थिक विकासको रूपरेखा कोर्न गैरआवासीय नेपालीलाई विशेष अनुरोध पनि गर्नुभयो ।

कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष जीवा लामिछानेले नेपालको उन्नति र प्रगति गर्नु नै आफूहरूको प्रमुख दायित्व रहेको बताउँदै दोहोरो नागरिकता दिए आर्थिक लगानी गर्न सहज हुने भनाइ राख्नुभयो ।

सो अवसरमा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र निवर्तमान अध्यक्ष देवमान हिराचनले नेपाल र नेपालीकै हितका लागि आफूहरूले काम गर्न लागेकाले त्यसै अनुरूप काम गर्ने वातावरण तयार पार्न अनुरोध गर्नुभएको थियो । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया