Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

पोहर पनि आयौ
परार पनि आयौ
यसपाली त
कुनै हालतमा नआउनु भनेकोथे
तिमी त यसपाली झन
गर्बकासाथ गडगडाहट आयौ
आउनु नै थियो भने पनि
जनकपुरको रेल झै आउनु नि
तिमी त अल्लारे ठिटाठिटी झै
ढकढकाहट आयौ
यदी आउने नै हो भने पनि,
आउँदा पोहरको जस्तो
बोइलर कुखरा र लोकल ठर्रा होइन
राँगो बोकाको साथ
झक्कले अनि अक्कले खसी ल्याउनु

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

परार जस्तो
फाटेको टोपी
अनि टालेको सुरुवाल होइन
सर्हाबहारा नेताले जस्तो
टाइसुट र बिदेशी बुट ल्याउनु
नेता फुटे पनि पार्टी फ़ुटे पनि
जनतामा सदा एकजुट ल्याउनु
सकिन्छ भने
तरुनी पिएलाई च्यापेर ल्याउनु
भोको पेटलाई के थाहा संबिधान
सक्छौ भने यसपाली आउँदा दशैं
मिठोमसिनो मन्सुली धान ल्याउनु ।

 

तिमीलाई सक्थे भने त
फलामे बार लगाएर छेक्थे
जाली तार लगाएर रोक्थे
अझ सक्थे भने त
तिमीलाई थुन्न चिडियाखाना नै लग्थे
धनीले अनुहार बिगारे पनि
कमसेकम गरिबले त खुशीले ताली ठोक्थे ।

अब आइहाल्यौ आगनमा
सके खसीबोका
नसके ठुलो खसी भए पनि ल्याउनु
र यो पाली ससुराल जाँदा
कमसेकम बस भाडा उठ्नेगरी
खल्तिमा छाउनु
खसीबोका नसके पनि
बोइलर कुखरा होइन है, वाक्क भा’छ
लोकल कुखरो खोजी खुवाउनु !

तपाईको प्रतिक्रिया