Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

देश बनाउँछु भनेर भोट माग्यौ

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

त्यही आशा र विश्वासमा भोट दियौं

चुनाव जिताइ फुलमाला लगाइ दरबार पठायौं

निरन्तर माग्छौ नेताहरु केही नभएझैं

जनताहरु दिन्छौ सँधै के के नै भएझैँ
आज नेताहरुसँग यातायातको लागि गुड्ने गाडि

देखि परि आए उड्ने सरकारी ढुकुटीको व्यवस्था छन्

बस्नका लागि बगैँचासहित सुविधा सम्पन्न महल छन्

जहाँ जाउँ अघिपछि सुरक्षाको घेरा छन् ।

 

तर जनता हाम्रो लागि शान्ति सुरक्षा, महल सुविधा त कुरै छोडौं

रोग र भोकले सताइरहेछ

रोग र भोकमा पनि राष्ट्र र राष्ट्रियताको मायाले अताइरहेको छ ।

 

नेताहरु हामी जनताहरुलाई नदी वारी नै छोडी

नदी पार भयौं भन्ने सोच्दै होलाउ

जनताको घरमा लागेको अभाव, भोक, रोगको

ज्वालाबाट बच्यौं भन्दै होलाउ ।
तर त्यो ज्वाला र आगोको लाप्का तिम्रा पापहरुलाई

नष्ट पार्ने गरी दन्केर आउनेछ

त्यसै आफैँमा जलेकै छौ

तर भौतिक रुपमा नै राँक पार्नेछ ।

 

त्यसैले अझै ढिला भाको छैन सारा पाप कर्तुत त्यागेर आउ

स्वच्छ हृदयले जनताको पाउ समाउ ।

स्वच्छ हृदयले जनताको पाउ समाउ ।।

तपाईको प्रतिक्रिया