Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख १३, २०८२
Saturday, April 26, 2025

टोकियो । हिन्दुहरुको महान चाड वडा दशैको अवसरमा जापानको टोक्योमा आउदो अक्टुवर ६ तारिखमा हुने भनिएको दशै विशेष सास्कृतिक कार्यक्रम आउँदो अक्टुवर ९ तारिखमा हुने भएको छ ।

दशैका दिन गरिने भनिएतापनि सवै नेपालीहरु टिका टाला र नेपालमा रहेका आफ्ना घर परिवारसँग कुराकानीमा व्यस्त हुने भएकाले कार्यक्रम तीन दिनपछि सारिएको आयोजकका एक सदस्य जिबक बज्राचार्यले जानकारी दिनुभएको छ । जापानको टोक्योस्थित जेआर आमोरी स्टेशनको सेइयु भवनको पाँचौ तल्लाको हलमा साझँ साढे ४:३० बजेवाट हुने उक्त कार्यक्रमको आयोजना अन्तराष्ट्रिय नेपाली समाज जापान र नेपाली विद्यार्थी समाज जापानले संयुक्तरुपमा गरेका छन् । कार्यक्रमलाई गुल्मेली समाज जापान, हामी सवैका लागि र चितवन कल्याणकारी मञ्चले सहयोग गरेका छन् । कार्यक्रमका संयोजक नेसाजका तर्फबाट कुमार डल्लाकोटी रहेका छन् भने संगीत संयोजन जोन छन्त्यालले गर्नेछन् ।

कार्यक्रममा जापानी नागरिकहरुलाई पनि उपस्थित गराई नेपाल पर्यटन वर्ष २०११ लाई टेवा पुग्नेगरी नेपाली चाड र संस्कृतिको जर्गेना गर्दे नेपाल र नेपालीको संस्कृतिको परिचय गराउने उद्देश्य आयोजकको छ । कार्यक्रममा नेपाली स्थानीय कलाकार र जापानी कलाकारहरुले गायन तथा नृत्य प्रस्तुत गर्ने छन् । कार्यक्रममवाट संकलित रकम नेपालमा केहिदिन अघि भुकम्पवाट ज्यान गुमाएका परिवारहरुलाई राहत कार्यका लागि प्रदान गरिने आयोजकले जनाएको छ । आयोजकले उक्त दिन टोक्यो आसपासमा वसोवास गर्ने सम्पूर्ण नेपालीहरुलाई उपस्थित भएर मनोरञ्जन लिन आग्रह गरेको छ । साथै कार्यक्रमलाई सफल बनाउन सहयोग गरिदिनुहुन जापानस्थित सम्पूर्ण संघसंस्थासँग आयोजकले अपिल पनि गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया