Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – वैशाख एक महिनामा मात्रै मुलुकमा दुई खर्ब ५७ अर्ब रेमिटेन्स भित्रिएको छ । विगत दुई महिनादेखि लगातार मासिक दुई खर्बभन्दा धेरै रकम रेमिटेन्स भित्रिरहेको हो । चैत महिनामा दुई खर्ब नौ अर्ब रेमिटेन्स भित्रिएको थियो ।

चालु आर्थिक वर्ष २०८२-८३ को १० महिना (साउनदेखि वैशाख) सम्ममा भने कुल १९ खर्ब १६ अर्ब रेमिटेन्स भित्रिएको छ । गत आर्थिक वर्ष २०८१-८२ यही अवधिमा भने १३ खर्ब ५७ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। गत आर्थिक वर्षको तुलनामा रेमिटेन्स ४१ प्रतिशतले बढेको हो ।

साढे दुई वर्षदेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ । यो दश महिनामा नौ अर्ब ७५ करोड रूपैयाँ रेमिटेन्स बाहिरिएको छ। गत वर्षको यही अवधिमा ८ अर्ब ७१ करोड रूपैयाँ बाहिरीएको थियो । यो दश महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या पनि ३.५० प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया