समाचार सुन्नुहोस :
काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदमध्ये केसी सबैभन्दा ज्येष्ठ सदस्य हुन्। उनी नेपाली कांग्रेसबाट समानुपातिक प्रणालीमार्फत संसदमा पुगेका हुन्।
ज्येष्ठ सदस्यको हैसियतमा अब केसीले अन्य सांसदलाई शपथ गराउनेछन्। यसअनुसार चैत १२ गते बिहीबार प्रतिनिधिसभामा निर्वाचित सबै सांसदलाई पद तथा गोपनीयताको शपथ दिलाउने कार्यक्रम तय गरिएको छ। यस निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सांसद निर्वाचित भएका छन्।








