समाचार सुन्नुहोस :
काठमाडौँ – प्रतिनिधि सभा निर्वाचनमा उल्लेख्य बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अमेरिकाले बधाई दिएको छ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले बुधबार रास्वपा सभापति रवि लामिछानेलाई फोनमार्फत शुभकामना दिएका हुन्। त्यस क्रममा उनले भने, ‘अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारी सुदृढीकरण गर्न र दुई देशबिचको मित्रतालाई अझ प्रगाढ बनाउन उत्सुक छ।’
अमेरिकाले आगामी दिनमा नेपालमा बन्ने नयाँ सरकारसँग सहकार्य गर्न आफू तयार रहेको पनि उल्लेख गरेको छ। यसलाई दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने संकेतका रूपमा हेरिएको छ।








