Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – भैरहवाको शुद्धोधन गाउँपालिका–१ सिसइचोकमा ६० वर्षीया रेनु पटवाको हत्या प्रकरणमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालयका अनुसार गत २ चैत राति आफ्नै पसलमा सुतिरहेकी पटवामाथि कैची प्रहार गरी हत्या गरिएको थियो। घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १५ वर्षीय किशोर मृतककै छिमेकी रहेको जनाइएको छ। प्रहरीका अनुसार किशोरले लागुऔषध किन्न पैसा नभएपछि चोरी गर्ने उद्देश्यले पसलमा प्रवेश गरेको र त्यही क्रममा विवाद हुँदा हत्या भएको स्वीकार गरेको छ।

घटनापछि फरार रहेका उनलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो। हाल जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया