Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलमा एयर क्यानडाको विमान र गाडी ठोक्किँदा भएको दुर्घटनामा दुई पाइलटको ज्यान गएको छ।

मोन्ट्रियलबाट ७२ यात्रु र ४ चालक दलका सदस्य बोकेको विमान अवतरणपछि धावनमार्गमा गुड्दै गर्दा गाडीसँग ठोक्किएको हो। आइतबार साँझ भएको सो घटनामा विमानमा रहेका ४१ जना यात्रु तथा चालक दलका सदस्य र गाडीमा रहेका दुई जना अधिकारीलाई तत्काल अस्पताल लगिएको थियो।

अस्पताल पुर्‍याइएकामध्ये अधिकांशलाई उपचारपछि डिस्चार्ज गरिएको छ भने केहीको अवस्था अझै गम्भीर रहेको अधिकारीहरूले बताएका छन्। दुर्घटनाका बेला विमानको गति करिब २४ माइल प्रतिघण्टा रहेको थियो। घटनापछि ला गार्डिया विमानस्थलबाट हुने सबै उडान अस्थायी रूपमा स्थगित गरिएको छ। यसका कारण विभिन्न ठूला वायुसेवा कम्पनीका सयौँ उडान प्रभावित भएका छन्।

तपाईको प्रतिक्रिया