समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा ठुलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ एकैदिन तोलामा १२ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन २ लाख ९४ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।
चाँदीको मूल्य पनि घट्दो क्रममा रहेको छ। आइतबार चाँदी प्रतितोला ३५५ रुपैयाँले सस्तो हुँदै ४ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार भने चाँदी ४ हजार ८ सय ९५ रुपैयाँमा किनबेच भएको थियो।








