Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – बेलायतले हर्मुज क्षेत्रमा भइरहेका आक्रमण रोक्न संयुक्त राज्य अमेरिका लाई आफ्ना सैन्य अड्डा प्रयोग गर्न अनुमति दिएको जनाएको छ। डाउनिङ स्ट्रिटले शुक्रबार जारी गरेको वक्तव्यमा यस्तो जानकारी दिइएको हो।

बेलायतका अनुसार जहाजहरूलाई लक्षित गर्दै भइरहेका आक्रमणमा प्रयोग भएका मिसाइल संरचना कमजोर बनाउन यो कदम चालिएको हो। साथै, अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर समुद्री मार्ग सुरक्षित बनाउने प्रयास पनि जारी रहेको बताइएको छ। यद्यपि, बेलायतले आफू ठूलो युद्धमा तानिन नचाहेको स्पष्ट पारेको छ। यसबीच इरान का विदेशमन्त्री सैयद अब्बास अराघची ले बेलायतलाई चेतावनी दिँदै अमेरिका र इजरायल को आक्रमणमा सहयोग नगर्न आग्रह गरेका छन्।

यसअघि इजरायल र अमेरिकाले इरानका विभिन्न स्थानमा आक्रमण गरेपछि इरानले पनि जवाफी रूपमा मिसाइल र ड्रोन आक्रमण सुरु गरेको जनाएको छ, जसले क्षेत्रीय तनाव अझ बढाएको छ।

तपाईको प्रतिक्रिया