Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – इस्लाम धर्म मान्नेहरूले आज ईद-उल-फित्र पर्व मनाइरहेका छन्। एक महिना लामो रमजानमा रोजा (उपवास) बसेपछि चन्द्रमा देखिएसँगै ईद मनाउने चलन छ। यो पर्वलाई इस्लाम धर्मका संस्थापक पैगम्बर हजरत मुहम्मदले बद्रको युद्धमा प्राप्त गरेको विजयसँग पनि जोडेर हेर्ने गरिन्छ।

ईदलाई शान्ति, सद्भाव र भाइचाराको प्रतीक मानिन्छ। यस दिन मानिसहरूले पुराना मनमुटाव बिर्सेर एक-अर्कालाई अँगालो हाल्दै शुभकामना साटासाट गर्छन्। लामो उपासनापछि अल्लाहप्रति धन्यवाद व्यक्त गर्दै मिठाई बाँड्ने, उपहार दिने र खुसी साट्ने परम्परा रहेको छ। नेपालमा पनि मुस्लिम समुदायले उल्लासपूर्वक ईद मनाएका छन्। काठमाडौँसहित विभिन्न स्थानका मस्जिदहरूमा विशेष नमाज अदा गरिएको छ।

राजधानीका मस्जिदहरूमा बिहानैदेखि भक्तजनको ठूलो भीड देखिएको थियो। नमाजपछि सबैले एक-अर्कालाई अँगालो हाल्दै शुभकामना दिएका छन्। बालबालिकादेखि वृद्धसम्म नयाँ लुगा लगाएर उत्सवमा सहभागी भएका छन्। ईद पर्वले समाजमा मेलमिलाप, सहिष्णुता र भाइचाराको भावना फैलाउने विश्वास गरिन्छ।

तपाईको प्रतिक्रिया