Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ  – नेपाल जेनजी फ्रन्टले माइतीघरमा प्रदर्शनका क्रममा आफ्नी संयोजक रक्षा बम माथि भएको दुर्व्यवहारप्रति कडा आपत्ति जनाएको छ।

शुक्रबार जारी विज्ञप्तिमा फ्रन्टले शान्तिपूर्ण प्रदर्शनका क्रममा भएको उक्त घटनाको निन्दा गर्दै संविधानले दिएको अभिव्यक्ति र भेला हुने अधिकारको सम्मान गर्नुपर्ने उल्लेख गरेको छ। शान्तिपूर्ण रूपमा आवाज उठाउने व्यक्तिमाथि गरिएको यस्तो व्यवहार लोकतान्त्रिक समाजमा स्वीकार्य नहुने पनि जनाएको छ। भदौ २३–२४ को आन्दोलनबारे बनेको गौरीबहादुर कार्की आयोग को प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी समूह केही दिनदेखि माइतीघरमा प्रदर्शन गर्दै आएका छन्। सोही क्रममा केही घाइते आन्दोलनकारीले बमविरुद्ध नाराबाजी गरेका थिए।

फ्रन्टले आन्दोलनभित्रकै द्वन्द्वले अभियान कमजोर बन्ने चेतावनी दिएको छ। असहमति र पीडाका विषय राज्यसँग समाधान खोज्नुपर्नेमा जोड दिँदै प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग पुनः आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया