समाचार सुन्नुहोस :
काठमाडौँ – शुक्रबार सुनको मूल्यमा ठुलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरेको जनाएको छ। जुन अघिल्लो दिनको ३ लाख २ हजार ३ सय रुपैयाँको तुलनामा ७ हजार ८ सयले कम हो।
चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनभन्दा ११५ रुपैयाँ कम हो। यसअघि माघ १५ गते सुनचाँदीको मूल्यले उच्च रेकर्ड बनाएको थियो। त्यतिबेला सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेको थियो।
हालको मूल्य हेर्दा, सुनको भाउ उच्च विन्दुबाट झन्डै ४५ हजार रुपैयाँले घटिसकेको छ।








