Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकाको फेयरफ्याक्स काउन्टी प्रहरीले फेब्रुअरी २३ मा भएको एक गम्भीर आपराधिक घटनासम्बन्धी ‘बडी क्यामरा’ भिडियो सार्वजनिक गरेको छ। यो घटना भर्जिनियाको मान्टुआ क्षेत्रमा रहेको मार्गेट म्यानर अपार्टमेन्टमा भएको थियो।

प्रहरीका अनुसार नेपालबाट हालै अमेरिका पुगेका छत्र थापा ले आफ्नै परिवारका सदस्यमाथि आक्रमण गरेका थिए। घटनामा उनकी श्रीमती बिन्दा थापा र छोरी ममता थापाको ज्यान गएको थियो। घटनास्थलमा पुगेका प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिन खोज्दा छत्र थापामाथि गोली चलाइएको थियो, जसका कारण उनको पनि मृत्यु भएको जनाइएको छ।

प्रहरी प्रमुख केभिन डेभिस ले घटनालाई अत्यन्त गम्भीर र स्तब्ध बनाउने खालको भएको प्रतिक्रिया दिएका छन्।

तपाईको प्रतिक्रिया