Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण कार्यक्रम चैत १२ गते दिउँसो २ बजेका लागि तय गरेको छ।

शपथ कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा सञ्चालन गरिनेछ। सचिवालयले सबै सांसदलाई कार्यक्रम सुरु हुनुभन्दा कम्तीमा दुई घण्टा अघिनै उपस्थित हुन अनुरोध गरेको छ। सदस्यहरूले उपस्थित हुँदा निर्वाचन आयोग बाट प्राप्त प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र दुई प्रति पासपोर्ट साइज फोटो अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने बताइएको छ।

शपथ कार्यक्रममा सहभागी हुँदा औपचारिक वा राष्ट्रिय पोसाक लगाउन पनि आग्रह गरिएको छ। साथै, मातृभाषामा शपथ लिन चाहने सांसदहरूले शपथको पाठ अनुवाद गरेर कार्यक्रम हुनुभन्दा तीन दिनअघि नै सचिवालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया