Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – साताको अन्तिम दिन बिहीबार सेयर बजारमा उल्लेख्य वृद्धि देखिएको छ। बजार एकाएक उकालो लागेपछि लगानीकर्तामा केही राहत र उत्साह पनि देखिएको छ। यस दिन नेप्से परिसूचक ६४.६७ अंकले बढेर २८७७.०२ विन्दुमा पुगेको छ। त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि ११.६२ अंकले वृद्धि भई ४९४.१९ विन्दुमा कायम भएको छ। यसअघि मंगलबार परिसूचक १३.५१ अंकले बढेको थियो भने सो दिन १२ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। बुधबार सार्वजनिक बिदाका कारण बजार बन्द थियो।

बिहीबार २४२ वटा कम्पनीका ५ करोड ६९ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम २१ अर्ब २२ करोड रुपैयाँ नाघेको छ। बजार बढेसँगै केही कम्पनीका सेयर मूल्य उच्च दरले उक्लिएका छन्। कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावर का सेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किटमा पुगे। त्यस्तै होटल फोरेस्ट को सेयर पनि झण्डै १० प्रतिशतले वृद्धि भएको छ।

कारोबारमा सहभागीमध्ये २४० कम्पनीका सेयर मूल्य बढेका छन् भने २२ कम्पनीका घटेका छन्। दुई कम्पनीको मूल्य भने स्थिर रहेको छ। सबै १३ समूहका उपसूचक हरियाली देखिएका छन्, जसमा बैंकिङ र विकास बैंक समूहमा ३ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ।

तपाईको प्रतिक्रिया