Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गरेको छ। बिहीबार आयोजित कार्यक्रममा कुल ११० जना सांसदलाई औपचारिक रूपमा प्रमाणपत्र दिइएको हो। प्रमाणपत्र वितरण कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तद्वय डा. जानुकाकुमारी तुलाधार र सगुन शमशेर जबराको उपस्थिति रहेको थियो।

फागुन २१ गते सम्पन्न निर्वाचनमा समानुपातिकतर्फ छ वटा राजनीतिक दलले सिट प्राप्त गरेका थिए। यसमा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी ५७ सिट जित्दा नेपाली काँग्रेसले २० र नेकपा एमालेले १६ सिट हासिल गरेका छन्। यस्तै, नेपाल कम्युनिष्ट पार्टीले ९ सिट पाएको छ भने श्रमसंस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान ४/४ सिट जितेका छन्।

यसअघि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ विजयी भएका १६५ जना सांसदलाई भने मत परिणाम सार्वजनिक भएलगत्तै सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाटै प्रमाणपत्र वितरण गरिएको थियो।

तपाईको प्रतिक्रिया