Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम परिणामसहितको विस्तृत प्रतिवेदन आज निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने तयारी गरेको छ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बिहीबार बिहान ११:३० बजे समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरिनेछ। त्यसपछि दिउँसो राष्ट्रपति समक्ष समग्र प्रतिवेदन पेश गरिने कार्यक्रम छ। प्रतिवेदन बुझाइसकेपछि आयोगले साँझ ५:३० बजे केन्द्रीय कार्यालयस्थित मिडिया सेन्टरमा पत्रकार सम्मेलन आयोजना गर्ने जनाएको छ। यो प्रतिवेदन पेश भएसँगै संविधान २०७२ को धारा ७६ (१) अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बाटो खुल्नेछ।

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीबाट ५७ जना सांसद निर्वाचित भएका छन्। त्यस्तै, नेपाली कांग्रेसका २०, नेकपा एमालेका १६, नेकपाका ९ तथा श्रम संस्कृति पार्टी र राप्रपाका ४/४ जना सांसद चयन भएका छन्।

तपाईको प्रतिक्रिया