
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कामको क्षेत्रमा विवाद आउँदा आत्मसम्मान घटेको जस्तो लाग्न सक्छ। आकस्मिक खर्च बढेर आर्थिक दबाब पर्न सक्छ। सामान्य स्वास्थ्य समस्या आए पनि काम रोकिँदैन। आफन्तसँग भेटघाटबाट नयाँ अवसर मिल्नेछ, तर सफलता लागि मेहनत चाहिन्छ। विदेशी सामानको व्यापारमा प्रगति हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार, उद्योग र शेयरमा लगानीबाट लाभ मिल्नेछ। पढाइमा सुधार हुने र नयाँ कुरा सिक्ने मौका पाइनेछ। कामको राम्रो परिणाम आउनेछ। आफन्तको साथ पाइनेछ र सवारी साधनको योग छ। भविष्यका लागि योजना बनाउन राम्रो समय छ। प्रेम सम्बन्ध बलियो हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आत्मविश्वास बढ्ने र काममा जोस आउनेछ। प्रयास गरेका काम छिट्टै सफल हुनेछन्। समयको सही उपयोगले राम्रो फाइदा हुनेछ। साथी र आफन्तको साथ पाइनेछ। मान–सम्मान बढ्नेछ। परिवारसँग नजिकता बढ्ने र प्रेम सम्बन्ध अझ मजबुत हुनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अचानक सफलता मिल्नेछ र समयले साथ दिनेछ। थोरै प्रयासमै राम्रो नतिजा पाइनेछ। आफन्तको सहयोगले कठिन काम सजिलै पूरा हुनेछन्। प्रेम सम्बन्ध नजिकिनेछ। लामो दूरीको धार्मिक वा शैक्षिक यात्रा हुने सम्भावना छ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अरूको काममा अल्झिँदा पढाइ प्रभावित हुन सक्छ। व्यापारमा गिरावट आउने संकेत छ, नयाँ योजना रोक्नु राम्रो। ऋण, रोग वा विरोधीका कारण काममा बाधा आउन सक्छ। प्रेम र दाम्पत्यमा तनाव बढ्न सक्छ। सम्पत्ति र सवारी चलाउँदा सावधानी अपनाउनुहोस्।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइमा राम्रो प्रदर्शन गर्दै पुरस्कार वा प्रशंसा पाउन सकिन्छ। स्वास्थ्य राम्रो रहनेछ र काम गर्ने उत्साह बढ्नेछ। रमाइलो यात्रा र व्यापारमा लाभ हुनेछ। दाम्पत्य जीवनमा सहयोग बढ्नेछ। प्रेममा समय बिताउँदा खुशी मिल्नेछ। व्यापारका कारण यात्रा हुन सक्छ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) रोकिएका काम पूरा हुँदा मन खुशी हुनेछ। प्रतिस्पर्धामा अगाडि बढ्ने मौका मिल्नेछ। निर्माण, खाद्यान्न वा गरगहना व्यापारमा वृद्धि हुनेछ। आफन्तको साथ पाइनेछ। कानुनी विषय आफ्नो पक्षमा आउनेछ। प्रेम र यात्राका अवसर मिल्नेछन्। लगानीबाट आम्दानी बढ्नेछ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) रमाइलो भेटघाट र मिठो खानाको अवसर मिल्नेछ। शुभचिन्तकको सल्लाहले काम सहज हुनेछ। व्यापार र शेयरबाट राम्रो आम्दानी हुनेछ। नयाँ योजना बनाउन सकिनेछ। प्रेममा नजिकता बढ्नेछ। उपहार वा सम्पत्ति प्राप्ति हुने संकेत छ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) स्वास्थ्यमा समस्या आउँदा काम प्रभावित हुन सक्छ। टाढाको यात्रा गर्दा मन खिन्न हुन सक्छ। राजनीतिमा आलोचना बढ्नेछ। पढाइमा ध्यान दिन गाह्रो हुनेछ। बौद्धिक कामबाट कम आम्दानीमा सन्तुष्ट हुनुपर्नेछ। कृषि क्षेत्रमा भने राम्रो प्रगति हुनेछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आम्दानीका नयाँ स्रोत भेटिनेछन् र दीर्घकालीन लगानी गर्न सकिनेछ। परिवारसँग रमाइलो समय बित्नेछ। कामको प्रशंसा हुने योग छ। व्यापार र शेयरबाट राम्रो लाभ हुनेछ। प्रियजन नजिक हुँदा मन खुशी रहनेछ। विवादित विषयमा आफ्नो पक्ष बलियो हुनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) नाफाका लागि बढी समय दिनुपर्नेछ। स्वास्थ्य कमजोर हुँदा दैनिक काम प्रभावित हुन सक्छ। पैसाको व्यवस्थापन गाह्रो हुनेछ। पढाइमा कमजोरी देखिन सक्छ। बोल्दा वा प्रस्तुति गर्दा तयारी आवश्यक छ। बिना तयारी काम गर्दा असफलता आउन सक्छ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफ्नो क्षमता देखाएर नाम र आम्दानी दुवै बढाउन सकिन्छ। पढाइमा सुधार हुँदै अग्र स्थानमा पुग्न सकिनेछ। मेहनतले काम सफल हुनेछ। परिवारसँग रमाइलो समय बित्नेछ। राजनीति वा समाजसेवामा लाग्दा सम्मान बढ्नेछ।








