Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

टोकियो – इरानमा जारी युद्ध र विश्व बजारमा कच्चा तेलको मूल्यमा आएको उछालका कारण जापानमा पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार जापानमा पेट्रोलको औसत खुद्रा मूल्य प्रतिलिटर १९०.८० येन पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो ।

जापानको उद्योग मन्त्रालयका अनुसार पछिल्लो एक सातामै मूल्यमा २९ येनको भारी वृद्धि भएको छ । यसअघि सन् २०२५ अप्रिलमा कायम भएको १८६.५० येनको रेकर्डलाई उछिन्दै मूल्य यो विन्दुमा पुगेको हो । इरान र इजरायलबीचको बढ्दो तनाव तथा खाडी क्षेत्रमा ऊर्जा आपूर्तिका विषयमा उब्जिएको चिन्ताले गर्दा प्राकृतिक स्रोतमा कमजोर जापानमा इन्धनको मूल्य चुलिएको हो ।

बढ्दो महँगीबाट सर्वसाधारणलाई राहत दिन प्रधानमन्त्री सानाए ताकाइचीले पुनः अनुदान प्याकेज घोषणा गर्नुभएको छ । सरकारले पेट्रोल आपूर्ति गर्ने कम्पनीहरूलाई प्रतिलिटर ३०.२० येन अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । यस कदमबाट आगामी सातादेखि बजार मूल्य विस्तारै घटेर १७० येनको आसपास झर्ने अपेक्षा गरिएको छ ।

मन्त्रालयका अनुसार जापानका सबै ४७ वटा प्रान्तमा मूल्य वृद्धि भएको छ । पेट्रोलसँगै डिजेल र मट्टितेलको मूल्यमा पनि उल्लेख्य वृद्धि हुँदा जापानी परिवार र व्यवसायीहरू मारमा परेका छन् । मूल्यवृद्धिलाई नियन्त्रण गर्न सरकारले आगामी चार वर्षका लागि ८ ट्रिलियन येनभन्दा बढी बजेट विनियोजन गरिसकेको छ ।

 

तपाईको प्रतिक्रिया