Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – चैत कृष्ण औँसीका अवसरमा बुधबार काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा धुमधामका साथ मनाइएको छ। प्राचीन मानिने यो जात्रा विशेषगरी राक्षसवधसँग जोडिएको जनविश्वासमा आधारित छ, जसअनुसार घोडाको टापले दुष्ट शक्तिको अन्त गरिएको मानिन्छ।

यसै परम्परालाई निरन्तरता दिँदै काठमाडौँको टुँडिखेलमा नेपाली सेनाले विशेष समारोह आयोजना गरेको थियो। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की लगायत उच्च पदस्थ व्यक्तिहरू सहभागी भएका थिए। समारोहमा सेनाले घोडामार्फत विभिन्न कला र साहसिक प्रस्तुति देखाएका थिए। शो जम्प, घोडा दौड, क्रस टेण्ड पेगिङजस्ता कार्यक्रमले दर्शकलाई आकर्षित गरेको थियो। साथै सैनिक ब्यान्ड र तालिम प्राप्त कुकुरहरूको प्रस्तुति पनि रोचक बनेको थियो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सैनिकहरूलाई राष्ट्रपतिले पुरस्कार प्रदान गरे। आधुनिक यातायातका कारण घोडाको प्रयोग घट्दै गए पनि यसको ऐतिहासिक र सांस्कृतिक महत्त्व अझै जीवित रहेको देखिन्छ।

तपाईको प्रतिक्रिया