Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – जापानको रक्षा मन्त्रालयले आगामी मार्च ३१ मा गर्न लागेको लामो दूरीको मिसाइल तैनाथीअघि मंगलबार दक्षिण-पश्चिमी सहर कुमामोतोस्थित सैन्य शिविरमा मिसाइल लन्चरलगायतका हतियार प्रदर्शन गरेको छ ।

दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा गम्भीर सुरक्षा चुनौतीको सामना गरिरहेको जापानले सम्भावित राष्ट्रिय सुरक्षा संकट टार्न ‘काउन्टरस्ट्राइक’ (शत्रुको आक्रमणअघि नै प्रहार गर्न सक्ने) क्षमता विकास गर्न लागेको हो । यसलाई जापानको शान्तिवादी संविधान र ‘केवल रक्षात्मक’ नीतिको एक ठूलो ‘टर्निङ प्वाइन्ट’ मानिएको छ ।

प्रदर्शनीमा राखिएको ‘टाइप १२’ मिसाइलको परिमार्जित संस्करणले क्युसु क्षेत्रबाट करिब १ हजार किलोमिटर टाढासम्म प्रहार गर्न सक्छ । शत्रुले आक्रमणको तयारी गरेको निश्चित भएमा आफूलाई क्षति हुनुअगावै यो मिसाइल प्रहार गर्न सकिने सरकारको भनाइ छ ।

यद्यपि, मिसाइल तैनाथीलाई लिएर स्थानीय बासिन्दा भने त्रसित छन् । मिसाइल राखिएको क्षेत्र नै शत्रुको पहिलो निसानामा पर्न सक्ने भन्दै उनीहरूले रक्षा मन्त्रालयले यसबारे पर्याप्त जानकारी नदिएकोमा आक्रोश व्यक्त गरेका छन् । गत मार्च ९ को राति नै सुटुक्क हतियारहरू शिविरमा ल्याइएको थियो ।

हतियार प्रदर्शनीमा सहभागी कुमामोतो प्रान्तका गभर्नर ताकासी किमुरा र कुमामोतो सहरका मेयर काजुफुमी ओनिसिले स्थानीयको त्रास कम गर्न मन्त्रालयले छुट्टै कार्यक्रम गरेर जनतालाई स्पष्ट जानकारी दिनुपर्ने माग गरेका छन् । यसैबीच, रक्षा मन्त्रालयको क्युसु ब्युरो प्रमुख काजुमी इतोले स्थानीय सरकार र बासिन्दासँग समन्वय गरेर आवश्यक जानकारी उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया