Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – सुनसरीको रामधुनी नगरपालिकाकी ४४ वर्षीया तेजकुमारी परियार अहिले जीवन र मरणको दोसाँधमा छिन् । विगत केही समयदेखि ब्लड क्यान्सर (रगतको क्यान्सर) बाट पीडित उनलाई बचाउन यतिबेला उनकी छोरी सुनेना परियारले सहयोगको याचना गर्दै अभियान नै सुरु गरेकी छिन् ।

पारिवारिक स्रोतका अनुसार तेजकुमारीको स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि उनलाई विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो । त्यहाँ स्वास्थ्य परीक्षणका क्रममा उनलाई ब्लड क्यान्सर भएको पुष्टि भएको हो । विराटनगरमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौंको सिभिल अस्पताल भर्ना गरिएको थियो ।

सिभिल अस्पतालका चिकित्सकहरूले तेजकुमारीको अवस्था जटिल रहेको र उनलाई उच्चस्तरीय उपचारको आवश्यकता पर्ने भन्दै भारतको दिल्ली लैजान सुझाव दिएका थिए । चिकित्सकको सल्लाह बमोजिम परिवारले उनलाई सोमबार मात्रै थप उपचारका लागि दिल्ली पुर्‍याएको छ ।

भारतमा गरिने उपचारका लागि झण्डै ४० देखि ५० लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ । तर, विपन्न आर्थिक अवस्थाका कारण परियार परिवारलाई यति ठूलो रकम जुटाउन पहाड झैं कठिन भएको छ । आमाको जीवन बचाउन कुनै विकल्प नरहेपछि छोरी सुनेनाले सहयोगी हातहरूसँग आर्थिक अपिल गरेकी छिन् ।

विराटनगरस्थित आइएसएमटी कलेजमा अध्ययनरत सुनेनाको यो अभियानमा उनका सहपाठी साथीहरूले पनि ऐक्यबद्धता जनाएका छन् । कलेजका विद्यार्थीहरू यतिबेला सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट उपचार खर्च संकलनमा जुटेका छन् ।

आफ्नी आमालाई निको हुने आशामा रहेकी सुनेना भन्छिन्, ‘डाक्टरले आमालाई बचाउन सकिन्छ भन्ने आशा देखाउनुभएको छ । तर उपचारका लागि आवश्यक ठूलो रकम हामीसँग छैन । सबैले आफ्नो तर्फबाट सानो-सानो सहयोग गरिदिनुभयो भने मेरो आमाले नयाँ जीवन पाउनुहुनेछ ।’

परिवारले आफ्नी आमाको उपचारमा सहयोग गर्न चाहने मनकारी व्यक्तित्वहरूका लागि सम्पर्क नम्बर र बैंक खाता समेत सार्वजनिक गरेको छ । इच्छुक महानुभावले सुनेना परियारको सम्पर्क नम्बर ९८१९३७८२५४ मा सिधै सम्पर्क गरी वा उपलब्ध क्युआर कोडमार्फत आर्थिक सहयोग गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया