Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – जेनजी मुभमेन्ट अलायन्सले गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै आन्दोलन सुरु गरेको छ। सो मागसहित अलायन्सले सोमबार काठमाडौँको माइतीघर मण्डलामा मौन विरोध प्रदर्शन गरेको हो।

सरकारलाई दबाब दिन बिहान ११ बजेदेखि प्रदर्शनकारीहरूले आँखामा कालो पट्टी बाँधेर शान्तिपूर्ण रूपमा विरोध जनाएका छन्। अलायन्सले लामो समयदेखि सार्वजनिक नगरिएको आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्नुपर्ने माग राखेको छ। यससँगै सरकारले हालै गरेका केही राजनीतिक नियुक्ति पनि खारेज गर्नुपर्ने उनीहरूको अडान छ। विशेषगरी मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गरिएको विषयप्रति अलायन्सले आपत्ति जनाएको छ।

अलायन्सले जारी गरेको विज्ञप्तिमा सरकारको कदम अपारदर्शी र नातावाद कृपावाद भएको आरोप लगाइएको छ। आफ्ना नजिकका व्यक्तिलाई पद बाँड्ने पुरानो प्रवृत्ति दोहोरिएको भन्दै यस्तो कार्यले राज्यका संस्थालाई राजनीतिक भर्ती केन्द्र बनाउने खतरा बढाएको उनीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया