Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अब पदको राजनीतिबाट टाढा रहने तर जनताको पक्षमा संघर्ष जारी राख्ने बताएका छन्। राउतले आफू राजनीतिबाट पूर्ण रूपमा बाहिर नजाने स्पष्ट पार्दै पार्टीलाई आवश्यक परेसम्म नेतृत्व गर्दै अगाडि बढ्ने बताए। उनका अनुसार आफ्नो सिद्धान्त र एजेन्डालाई अघि बढाउँदै जनताको सेवामा सक्रिय रहनेछन्।

सीके राउत नेतृत्वको जनमत पार्टी २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि राष्ट्रिय राजनीतिमा उदाएको थियो। त्यसबेला पार्टी राष्ट्रिय दल बन्न सफल भएको थियो भने राउत स्वयं प्रत्यक्षतर्फ निर्वाचित भएका थिए। समानुपातिक प्रणालीबाट पनि पार्टीले पाँच सिट प्राप्त गरेको थियो।

तर २०८२ फागुन २१ मा सम्पन्न निर्वाचनमा जनमत पार्टीले कुनै पनि सिट जित्न सकेन। सप्तरी–२ बाट उम्मेदवार बनेका राउत राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादवसँग पराजित भए। अन्य उम्मेदवार पनि विजयी हुन सकेनन् र समानुपातिकतर्फ पनि पार्टीले आवश्यक मत ल्याउन सकेन। त्यसपछि राउतले अब संसदीय राजनीतिभन्दा बाहिर बसेर पार्टीलाई आगामी चुनावका लागि तयारी गर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया