समाचार सुन्नुहोस :
काठमाडौँ – सरकारले रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
सो सिफारिस अब राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाइनेछ। मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति समक्ष सिफारिस पुगेपछि संवैधानिक व्यवस्थाअनुसार मनोनयन प्रक्रिया अघि बढ्नेछ।








