Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – गोरखाको शहीद लखन गाउँपालिका–कान्टारमा शनिबार यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा जनाको ज्यान गएको छ। बा.प्र.०१–००६ ८४३० नम्बरको विद्युतीय माइक्रोबस मनकामना मन्दिरको दर्शन गरी फर्कँदै गरेका यात्रु लिएर जाँदै गर्दा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख भरतबहादुर विकका अनुसार मृत्यु हुने सबै जना भारतीय नागरिक हुन्। घटनास्थलमै मृत्यु भएका उनीहरू करिब ५३ देखि ६० वर्ष उमेर समूहका रहेको जनाइएको छ। मृतकमध्ये मुतु कुमार (५८), अनामलिक (५८), मीनाक्षी (५९), सिवगामी (५३), विजायल (५७), मीना (५८) तमिलारसी (६०) रहेका छन्।

दुर्घटनामा १६ जना भक्तजन सवार थिए। माइक्रोबस सडकबाट करिब २०० मिटर तल खसेको बताइएको छ। प्रारम्भिक अनुमानअनुसार ब्रेक फेल हुँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा पठाइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया