
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीतिमा पद वा जिम्मेवारी पाउने सम्भावना देखिन्छ। परिवारसँग रमाइलो र फलदायी यात्रा हुन सक्छ। काम गर्ने उत्साह र आत्मविश्वास बढ्नेछ। कानुनी झन्झट बिस्तारै समाधानतर्फ जानेछ। साथीभाइ र मान्यजनको सहयोग मिल्नेछ। नयाँ कामबाट राम्रो आम्दानी हुने योग छ। रोजगारी खोज्नेले अवसर पाउन सक्छन्।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापारमा सुधार आउँछ र नयाँ ठाउँमा लगानी गर्ने अवसर मिल्न सक्छ। प्रेम सम्बन्ध अझ नजिक हुनेछ। सरकारी वा प्रशासनिक क्षेत्रमा सक्रियता बढ्नेछ। विद्यार्थीले पढाइमा राम्रो प्रगति गर्नेछन्। धर्म र आध्यात्मतर्फ आकर्षण बढ्नेछ। धार्मिक स्थलमा पुग्ने अवसर पनि मिल्न सक्छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अहिलेलाई व्यापारमा नयाँ लगानी नगर्नु राम्रो हुन्छ। पढाइमा ध्यान नदिँदा पछाडि पर्न सकिन्छ। प्रेम सम्बन्धमा सामान्य विवाद हुन सक्छ। आर्थिक पक्ष कमजोर रहन सक्छ। स्वास्थ्यमा सानो समस्या आउन सक्छ, खानपानमा ध्यान दिनुहोला। आफन्तसँग मतभेद बढ्न सक्छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्य राम्रो रहनेछ र नयाँ काम गर्ने उत्साह बढ्नेछ। व्यापार, उद्योग वा शेयरबाट लाभ मिल्न सक्छ। दाम्पत्य जीवनमा सहयोग र समझदारी बढ्नेछ। प्रेम सम्बन्धमा खुसीको समय रहनेछ। सरकारी क्षेत्रमा पद प्राप्तिको सम्भावना छ। पढाइमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अफिसियल कामका लागि टाढाको यात्रा हुन सक्छ। यात्राबाट लाभ मिल्ने योग छ। प्रेम सम्बन्धमा रमाइलो समय बित्नेछ। मुद्दा–मामिलामा सफलता मिल्न सक्छ। पढाइमा ध्यान केन्द्रित हुने भएकाले राम्रो नतिजा आउनेछ। दाम्पत्य जीवन पनि बलियो हुँदै जानेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कामलाई निरन्तरता दिए राम्रो आम्दानी सम्भव छ। वित्तीय र बौद्धिक क्षेत्रमा प्रगति देखिनेछ। साहित्य, कला वा सिर्जनात्मक कामबाट नाम र दाम दुवै कमाउन सकिनेछ। प्रेम सम्बन्धमा नजिकिने समय छ। आफन्त र सन्तानसँग सम्बन्ध अझ मधुर बन्नेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सवारी साधनसम्बन्धी व्यापारमा मेहनत गर्दा राम्रो लाभ मिल्न सक्छ। पढाइमा सफलता पाउन थप प्रयास आवश्यक छ। राजनीति वा समाजसेवामा समय मध्यम रहन सक्छ। जनतासँग सन्तुलित व्यवहार गर्नु राम्रो हुन्छ। आमा र आफन्तबाट उपयोगी सल्लाह प्राप्त हुनेछ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सुरु गरेका काममा दाजुभाइ र आफन्तको साथ मिल्नेछ। व्यापारबाट राम्रो लाभ हुने संकेत छ। घरपरिवारका आवश्यकता पूरा गर्न सकिनेछ। विवादित विषय तपाईंको पक्षमा जाने सम्भावना छ। साथीभाइसँग भेटघाट हुँदा मन प्रसन्न हुनेछ। पढाइमा भने केही बाधा आउन सक्छ, यात्रामा सावधानी अपनाउनुहोला।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापारबाट राम्रो आम्दानी हुने सम्भावना छ। आय बढ्दा काम गर्ने उत्साह पनि बढ्नेछ। प्रेम सम्बन्धमा विश्वास र समझदारी बढ्नेछ। कला र साहित्य क्षेत्रमा लागेकाहरूले लाभ पाउन सक्छन्। पढाइमा थोरै प्रयासले पनि सफलता मिल्न सक्छ। आफन्तबाट सहयोग प्राप्त हुनेछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सुविधाजनक वस्तु र राम्रो पहिरन प्रयोग गर्ने अवसर मिल्नेछ। राजनीति वा समाजसेवामा जनसमर्थन बढ्नेछ। नयाँ कामबाट आम्दानीका स्रोत विस्तार गर्न सकिनेछ। व्यापारमा लगानी गर्दा भविष्यमा लाभ मिल्ने सम्भावना छ। परिवारसँग भेटघाट र मिठो भोजनको अवसर मिल्नेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वदेशी सामानको व्यापार केही घट्न सक्छ भने विदेशी सामानको कारोबार बढ्न सक्छ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ र उपचार खर्च बढ्न सक्छ। आलस्यका कारण काम प्रभावित हुन सक्छ। अनावश्यक खर्च बढ्ने सम्भावना छ। प्रेम सम्बन्धमा सानो मनमुटाब देखिन सक्छ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कृषि र पशुपालनमा लगानी गर्दा राम्रो आम्दानी हुन सक्छ। खनिज वा पानीसँग सम्बन्धित कामबाट लाभ मिल्नेछ। शिक्षा र बैंकिङ क्षेत्रका काम पनि फलदायी बन्न सक्छन्। प्रेम सम्बन्धमा नजिकिने समय छ। जीवनसाथीको साथले राम्रो काम गर्न सकिनेछ। इच्छाहरू पूरा हुने सम्भावना छ र सामाजिक सञ्जालमार्फत आफ्ना विचार राख्न सकिनेछ।








