Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको इतिहासमै सर्वाधिक सफल र लोकप्रिय कार्यकाल सम्पन्न गरी बिदा भएका निवर्तमान अध्यक्ष नवीन निउरेले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को २०२५-२०२७ कार्यकालका लागि ‘युवा संयोजक’ पदमा आफ्नो सशक्त उम्मेदवारी दिएका छन् ।

यही मार्च १३ देखि १५ तारिखकासम्म काठमाडौंमा हुने एनआरएनएको ११औं विश्व सम्मेलन तथा महाधिवेशनमा निउरेको उम्मेदवारीले विश्वभरका युवा प्रतिनिधिहरूमा नयाँ उत्साह थपेको छ । ‘युवाको जोस, एनआरएनएको होस’ भन्ने मूल नाराका साथ चुनावी मैदानमा होमिएका निउरेलाई जापानमा उनले देखाएको असाधारण संगठनात्मक क्षमता र स्वच्छ छविका कारण जीतको बलियो दाबेदार मानिएको छ ।

निउरेको नेतृत्वमा एनआरएनए जापानले सदस्य संख्यामा ऐतिहासिक फड्को मारेको थियो । उनको कार्यकालमा जापानमा ७-८ हजारको हाराहारीमा रहने सदस्य संख्या उल्लेख्य वृद्धि भई २० हजार पुगेको थियो । यो सफलताले उनी केवल भाषणमा मात्र नभई संगठन विस्तार र परिचालनमा कति कुशल छन् भन्ने पुष्टि गरेको छ ।

जापानका सबै क्षेत्रीय समिति र स्थानीय संघसंस्थालाई एकताबद्ध बनाएर हिँड्न सक्ने उनको खुबीलाई अब आईसीसीको युवा मञ्चमा उपयोग गर्नुपर्ने माग डेलिगेटहरूको छ । एनआरएनए आईसीसीमा देखिएको चरम गुटबन्दी र विभाजनप्रति निउरे प्रष्ट र निडर देखिन्छन् । ‘संस्थाको पोखरी धमिलो भयो भनेर डिलमा बसेर सरापेर मात्र पुग्दैन, सफा गर्न आफैं भित्र पस्नुपर्छ’ भन्ने मान्यता राख्ने निउरेले केन्द्रमा देखिएको विवाद अन्त्य गरी एउटै र बलियो एनआरएनए बनाउनुलाई आफ्नो मुख्य प्राथमिकता बनाएका छन् । उनले सार्वजनिक रूपमै अध्यक्षद्वय बद्री केसी र महेश श्रेष्ठलाई एकताका लागि हार्दिक अपील गर्दै आएका थिए, जसले उनलाई एक ‘मिसन’ सहितको नेताका रूपमा स्थापित गरेको छ ।निउरे केवल सामाजिक अभियन्ता मात्र नभई एक सफल उद्यमी पनि हुन् । जापानस्थित प्रतिष्ठित रेमिट्यान्स सेवा प्रदायक ‘येहेई रेमिट’ को प्रबन्ध निर्देशकका रूपमा उनले नेपालको ‘ईसेवा मनि ट्रान्सफर’ सँग ऐतिहासिक सम्झौता गरी जापानमा रहेका नेपालीहरूका लागि सुरक्षित र सहज रेमिट्यान्सको ढोका खोलेका छन् । आफ्नो व्यवसायमार्फत देशको अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएका निउरेले एनआरएनएलाई पनि ‘व्यक्ति केन्द्रित’ नभई ‘संस्था केन्द्रित’ बनाउने अठोट लिएका छन् ।

विश्वभर छरिएका नेपाली युवाहरूका मुद्दालाई आईसीसीको नीतिगत तहमा पुर्‍याउन निउरे जस्तो अनुभवी र जुझारु नेतृत्वको खाँचो रहेको डेलिगेटहरूको तर्क छ । ‘हाम्रोलाई होइन, राम्रोलाई रोजौँ’ भन्ने भावनासहित जापानबाट सुरु भएको उनको समर्थनको लहर अहिले युरोप, अमेरिका र खाडी मुलुकसम्म पुगेको छ । उनको विगतको ट्र्याक रेकर्ड र वर्तमानको जोशले उनलाई युवा संयोजक पदको सबैभन्दा निर्विकल्प उम्मेदवारका रूपमा उभ्याएको छ ।

 

तपाईको प्रतिक्रिया