Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – शुक्रबार मध्य बंगलादेशमा आएको ५.५ म्याग्निच्युडको भूकम्पमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। राजधानी ढाकामा कयौँ भवन हल्लिएपछि त्रसित स्थानीयवासी घरबाट बाहिर निस्किएर सडकमा पुगेका थिए।

भूकम्प स्थानीय समयअनुसार बिहान १०:३८ बजे ढाकाबाट करिब २५ किलोमिटर टाढा पर्ने नरसिङ्डी जिल्लाको घोरसाल क्षेत्रमा गएको हो। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) का अनुसार यसको केन्द्र करिब १० किलोमिटर गहिराइमा रहेको थियो। ढाकास्थित डिबिसी टेलिभिजनका अनुसार कम्तीमा छ जनाको मृत्यु पुष्टि भएको छ। ढाकामा विभिन्न भवनका छाना र पर्खाल खस्दा तीन जनाको ज्यान गएको र भवनको रेलिङ खस्दा सडकमा हिंडिरहेका तीन पैदलयात्रीको मृत्यु भएको बताइएको छ।

अधिकारीहरूले उद्धार कार्य र क्षतिको मूल्याङ्कन जारी रहेको जनाएका छन्। साथै, देशभरका नागरिकलाई सतर्क रहन र परकम्पनको सम्भावनाबारे सावधान रहन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया