Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – भदौ २३ र २४ मा भएका तोडफोड, लुटपाट र आगजनी घटनाको छानबिन गर्दै आएको आयोगले अब नेपाली सेनालाई पनि अनुसन्धानको दायरामा ल्याएको छ। सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति निवास, अख्तियार आयोगलगायत संवेदनशील संरचना संरक्षणमा सेनाको भूमिका स्पष्ट नभएको भन्दै आयोगले जवाफ मागेको हो। तर पत्र पठाइएका दुई साताभन्दा बढी भइसक्दा पनि सेनाले कुनै प्रतिक्रिया नदिएको आयोगले जनाएको छ।

२४ भदौमा सुरक्षा सतर्कता कमजोर भएको भन्दै सार्वजनिक रूपमा प्रश्न उठेपछि आयोगले ‘त्यो दिन सेनाले के–कस्ता कदम चाल्यो ?’ भन्ने स्पष्ट विवरण मागेको छ। फिल्डमा खटिएका सैनिकदेखि सो दिनका सम्पूर्ण गतिविधि समेटिएको रिपोर्ट पठाउन आयोगले सेनालाई अनुरोध गरेको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार अहिलेसम्म पर्याप्त जानकारी प्राप्त भएको छैन।

त्यस दिन सिंहदरबार, प्रधानमन्त्री निवास, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालतलगायतका सेनाको जिम्मेवारीका संरचनामै प्रदर्शनकारीले तोडफोड र आगजनी गर्न सक्षम भएका थिए। यसपछि सेनाको भूमिकाप्रति व्यापक सवाल उठेका छन्।

तीन महिनाको समयसिमा पाएको आयोगले पहिलो चरणमा प्रहरीका बयान लिइरहेको छ। प्रहरी जवानबाट सुरु भएको बयान प्रक्रिया अहिले अधिकृत तहमा पुगेको छ। केही दिनमा उपत्यका प्रहरी प्रमुख, जिम्मेवार अधिकारी र हालका महानिरीक्षक दानबहादुर कार्कीको पनि बयान लिने तयारी भइरहेको आयोगले बताएको छ।

 
 

तपाईको प्रतिक्रिया