Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – हाल अनलाइनमार्फत हुने ठगी बढ्दै गएपछि नेपाल प्रहरीले नागरिकलाई सचेत रहन सात बुँदे अनुरोध सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक सूचना जारी गर्दै सामाजिक सञ्जाल र अनलाइन माध्यममार्फत हुने विभिन्न प्रकारका ठगीबाट जोगिन आग्रह गरेको हो।

परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार दैनिकजसो नागरिक प्रलोभनमा परेर रकम गुमाइने घटना बढेकाले सूचना जारी गरिएको हो। फेसबुक, इमो, ह्वाट्सएप, भाइबर, इन्स्टाग्रामजस्ता प्लेटफर्मबाट ‘चिठ्ठा पर्‍यो, रकम पाउन केही शुल्क तिर्नुहोस्’ भन्दै पैसा माग्ने ठगी धेरै देखिएको प्रहरीको भनाइ छ।

अनलाइनबाट सामान किन्ने वा अग्रिम भुक्तानी गर्दा आधिकारिक बिक्रेताको विश्वसनीयता पत्ता लगाउन प्रहरीले सुझाएको छ। अपरिचित नम्बर वा व्यक्तिबाट भिडियो कल गरेर त्यसलाई दुरुपयोग गरी ब्ल्याकमेल गर्ने घटनासमेत बढेकाले त्यसतर्फ विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

सामाजिक सञ्जाल ह्याक भई साथी वा आफन्तको नाममा आर्थिक सहयोग मागिन सक्ने भएकाले प्रत्यक्ष सम्पर्क गरेर मात्रै सहयोग गर्न प्रहरीको सल्लाह छ। सस्तो दरमा सामान देखाएर एड्भान्स रकम पठाउन लगाई ठगी गर्ने प्रवृत्ति पनि फैलिएको प्रहरीले जनाएको छ।

प्रहरीले अपरिचित लिंक नखोल्न, ओटिपी कोड र मोबाइल स्क्रिन कसैसँग नबाँड्न, सामाजिक सञ्जालमा गोप्य विवरण नराख्न, पासवर्डसमेत अरूलाई नदिन आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया