Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (एमाले)का सचिव योगेश भट्टराईले मधेस प्रदेशमा पार्टीले भोगेका पछिल्ला राजनीतिक असफलताबारे नेतृत्वलाई स्पष्ट रूपमा प्रश्न उठाएका छन्। सिमरामा भएको घटनापछि सामाजिक सञ्जालमार्फत उनले मधेसमा एमालेलाई परेको ‘ठूलो धक्का’ र पार्टीको छविमा पुगेको ‘गम्भीर असर’ का कारणबारे गहिरो समीक्षा गर्न आग्रह गरेका छन्।

भट्टराईका अनुसार प्रदेश प्रमुख बर्खास्त हुनु, सभामुख पदमुक्त हुनु र मुख्यमन्त्रीमाथि अदालतमा मुद्दा चलिरहनुले पार्टी राजनीतिक रूपमा एक्लिएको संकेत दिने घटना हुन्। पार्टीभित्र बढ्दो अन्तरविरोधले थप समस्या सिर्जना गरेको भन्दै उनले नेतृत्वले यसको मूल कारण खोज्नुपर्ने बताए।

उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले मधेसमा गरेको मेहनत र नेतृत्व क्षमतालाई केही व्यक्तिहरूले कमजोर पारेको जस्तो देखिएको उल्लेख गरे। यस्तो परिस्थितिमा सोसल अडिट, जनआधार विस्तार र आन्तरिक एकता मजबुत बनाउन ‘मधेसमा नयाँ जिम्मेवारीसहित जान’ आवश्यक रहेको उनको सुझाव छ।

भट्टराईले विगतमा मधेसमा एमाले पहिलो शक्ति बनेको श्रेय नेता–कार्यकर्ताको मेहनत र ओलीको सूक्ष्म व्यवस्थापनलाई जाने भन्दै, अहिले उत्पन्न चुनौती समाधान गर्न नेतृत्वले विशेष ध्यान दिनुपर्ने टिप्पणी गरेका छन्।

तपाईको प्रतिक्रिया