समाचार सुन्नुहोस :
काठमाडौँ – जेनजीका अभियन्ता मिराज ढुंगानाले बुधबार साँझ आफ्नै कार्यालयमा आक्रमण भएको बताएका छन्। ढुंगानाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै आफूहरूलाई लक्षित गरेर कार्यालयमै आक्रमण तथा हातपात भएको खुलाएका छन्। उनले आफ्ना महिला सहकर्मीमाथि पनि हातपात भएको दाबी गरेका छन्।
ढुंगानाले लेखेका छन्, “हाम्रो अफिसमा साँझ ६ बजे आक्रमण भयो। हामीमाथि र हाम्रा महिला साथीहरूलाई समेत कुटपिट गरियो। हामीलाई के गर्न खोजिएको हो?” तर, आक्रमण कुन समूह वा व्यक्तिबाट भएको हो भन्नेबारे उनले कुनै जानकारी सार्वजनिक गरेका छैनन्।








