समाचार सुन्नुहोस :
काठमाडौँ – बुधबार सेयर बजारको नेप्से परिसूचक अघिल्लो दिनभन्दा ४.९८ अंक घटेको छ। मंगलबार नेप्से १५ अंकले बढेको थियो। आजको गिरावटसँगै नेप्से २६५१ अंकबाट झरेर २५६१ अंकमा पुगेको छ। आजको कारोबार रकम पनि कम रह्यो। मंगलबार ४ अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज ३ अर्ब ७७ करोड रुपैयाँमा सीमित भयो।
कारोबारमा सहभागी कम्पनीमध्ये ७७ कम्पनीको सेयरमूल्य बढ्यो, १७० कम्पनीको घट्यो र ९ कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत उपसूचक हेर्दा होटेल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१६ प्रतिशतले बढेको देखियो।
आजको कारोबारमा हाइड्रोपावरसम्बन्धी कम्पनीहरूको सक्रियता पनि देखियो। प्रमुख रूपमा साहस ऊर्जा, राधि विद्युत, युनियन हाइड्रोपावर र सिनर्जी पावरको व्यापार उल्लेख्य रूपमा भयो।








