Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

टोकियो – जापानको दक्षिणपश्चिमी सहर ओइटामा भीषण आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आवासीय क्षेत्रमा मंगलबार राति भएको आगलागीमा परी १७० भन्दा बढी भवनमा क्षति पुगेको स्थानीय अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

सहरको सागानोसेकी बन्दरगाह जिल्लामा मंगलबार आगलागी भएको जानकारी प्राप्त भएपछि १२ घण्टाभन्दा बढी समयसम्म अग्नि नियन्त्रकहरू आगो निभाउन खटिएका थिए । अधिकारीहरूका अनुसार, एकै पटक १८० जनासम्मलाई सुरक्षित स्थानमा सारिएको थियो ।

प्रहरीले बुधबार आगलागी भएको स्थानमा एक जनाको शव फेला परेको पुष्टि गरेको छ । उनीहरूले शव ७६ वर्षीय एक बेपत्ता पुरुषको हो वा होइन भन्नेबारे अनुसन्धान गरिरहेका छन् ।

ओइटा प्रिफेक्चरल सरकारले आत्मरक्षा बललाई आगलागी नियन्त्रणमा सहयोग गर्न आग्रह गरेको थियो । आगलागीले करिब ४८,९०० वर्ग मिटर क्षेत्र र वन क्षेत्रमा समेत फैलिएको थियो ।

ओइटाका मेयर शिन्या अदाचीले पत्रकारहरूलाई आगलागीले थप क्षति पुर्‍याउने अपेक्षा नगरिएको बताए । ओइटा प्रिफेक्चरल सरकारका वरिष्ठ अधिकारी शोगो फुजिकावाले भने, ‘धुवाँ घट्दैछ र हामी स्थिति नियन्त्रणमा ल्याउने दिशामा छौं ।’

केन्द्र सरकारले प्रधानमन्त्रीको कार्यालयमा एक सम्पर्क केन्द्र पनि स्थापना गरेको छ । प्रधानमन्त्री सानाई ताकाइचीले सामाजिक सञ्जाल एक्समा आफ्नो सरकारले स्थानीय सरकारहरूसँग समन्वय गरी अधिकतम सहयोग गर्ने प्रतिबद्धता जनाइन् । क्युसु इलेक्ट्रिक पावर ट्रान्समिसन एन्ड डिस्ट्रिब्युसन म्पनीका अनुसार, ३५० वटा घरमा विद्युत आपूर्ति बन्द भएको छ ।

मंगलबार साँझ करिब ५ः४५ बजे प्रहरीलाई जानकारी गराइएको यो आगलागी सागानोसेकी माछा मार्ने बन्दरगाहको उत्तरपूर्वी आवासीय क्षेत्रबाट सुरु भएको थियो । जापान मौसम विज्ञान एजेन्सीको क्षेत्रीय शाखाका अनुसार, मंगलबार दिउँसो उक्त क्षेत्र नजिकै तीव्र हावाको चेतावनी जारी गरिएको थियो ।

तपाईको प्रतिक्रिया