समाचार सुन्नुहोस :
काठमाडौँ – बाराको जिल्ला प्रशासन कार्यालयले जितपुर–सिमरा उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। नेकपा एमालेका कार्यकर्ता र जेन–जी समूहबीच भएको झडपपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाइएको हो।
एमालेले बाराको परवानीपुरमा आयोजना गर्न लागेको जागरण सभामा सहभागी हुने योजना अनुसार महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बुधबार सिमरा विमानस्थल हुँदै बिहान ११ बजे कार्यक्रमस्थल पुग्ने तय थियो।
यही समयमा जेन–जी युवाहरू र एमाले कार्यकर्ताबीच वादविवाद हुँदै झडप भएपछि क्षेत्र तनावग्रस्त बनेको थियो। त्यसपछि स्थानीय प्रशासनले तत्काल कर्फ्यु जारी गरेको हो। झडपपछि आक्रोशित जेन–जी युवाहरूले सिमरा विमानस्थलको गेटमै विरोध प्रदर्शन गरेका छन्।








