Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ –  सिमरामा नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सवार विमान अवतरण गर्न नदिने भन्दै युवाहरूले प्रदर्शन सुरु गरेपछि काठमाडौंबाट उड्न लागिरहेको विमान रोकिएको छ।

पत्रकार राजन कुइँकेलका अनुसार विमानमा चढिसकेका यात्रुलाई फेरि झारिएको छ। उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “शंकर पोखरेल र महेश बस्नेत सिमरा जाने थाहा पाएपछि विमान अवतरण नदिने सूचना आयो, त्यसपछि काठमाडौंमा चढिसकेका यात्रुहरूलाई ओरालियो। विमानस्थल बन्द गर्ने जस्तो काम ठीक होइन, यो गम्भीर कुरा हो।”

बुध एयरको विमान उड्नै लाग्दा सिमराबाट आएको जानकारीका कारण रोकिएको र अब विमान जाने–नजाने निर्णय स्पष्ट नभएको कुइँकेलले बताए। बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङका अनुसार विमानस्थल वरिपरि भीड बढ्दै गएको छ। “भीड नबढाउन अनुरोध गरेका छौँ,” उनले समुद्रपारि डट कम संग भने।

 

तपाईको प्रतिक्रिया